June 28, 2017

छेकेन बाधा ले चाहनालाई !

फोटो : कान्तिपुर दैनिक 

विभिन्न शंका उपशंका हुदाहुदै अन्तः दोस्रो  चरणको चुनाब पनि शान्तिपूर्ण रुपमै सम्पन्न भयकोमा हामी सम्पूर्ण नेपालीलाई बधाई छ !
खड्क कमरेडले भनेको मुसलधारे पानीको हाउगुजी  होस् या विप्लब दाईको बन्दुक वा महन्त काकाको बहिस्कार को बाबजुत  जनताको इच्छा सबैभन्दा बलबान देखियो !  मतदान गर्ने चाहनालाई नत उमेरले छेक्यो नत शारीरिक असक्तताले रोक्यो वा बाढीले नै !  लाठी टेकेर, घस्रिएर, पिठ्युमा बोकिएर, बाढी तरेरै भएपनि मतदान केन्द्र पुगे आम नेपालीजनहरु  जो हाम्रो पहिचान पनि हो ! बर्सौ वर्ष सम्म भागबन्डा गरेर घुसखोर कर्मचारीलाई स्थानीय सरकार सुम्पेका दलहरु पनि अन्ततः जनताको चाहनालाई पुरा गर्न बाध्य भय तेसैले जुन पार्टीको खोल ओडेर जिते पनि आखिरमा आम नेपालीले नै जितेका छौ अब ति भागबन्डाका कर्मचारीको सासन खेप्न पर्ने छैन !
फोटो : कान्तिपुर दैनिक 
तेसैले अब जित्नेले दम्भ ले बुर्कुसी मार्दै हिड्ने हार्नेले प्रतीसोद को भाबना हैन मिलेर आफ्नो गाउँ - सहर निर्माण मा जुटौ ! रोजी रोटि अनि गरिबीले बिदेसियका सम्पूर्ण नेपाली दाजुभाई दिदि बैहिनीहरु हरुलाई आफ्नो देस फर्किन आह्वान गरौ नकि के जति पूर्व-मन्त्रि ले जसरि तुच्छा सब्दमा  बिदेसियका नेपालीको आपमन नगरौ ! आफु बिदेसियर भय पनि आफ्नो परिवारको शिक्षा अनि  पालन पोषण मा जिम्मेवार भयका छन भन्ने नबिर्सौ ! बृद्ध, असक्त , बिरामी बुवाआमा, कलिला छोरा छोरी हुन् या बिहे गर्दै गरेका जोडी  संग छुटिने मन कसैको हुदैन ! १६ - १७ बर्से जवानीमा बिदेसी सेना मा भर्ति भयका हुन् या स्कुलको पढाई छोडेर भारतका गल्लि गल्लि मा कम गर्ने मजदुर अथवा आध्यन को लागि बेलायत अमेरिका गयर पलायन भयका नेपाली हुन् सम्पूर्ण नेपाली फरक फरक बाध्यता ले बहिरियाका हुन् भन्ने भावना नेपालमा बस्ने नेपालीको मनमा आउन जरुरि छ !


फोटो : कान्तिपुर दैनिक 
आसा छ गणतान्त्रिक नेपालका आदरणीय निर्बाचित जनप्रतिनिदिजिउ हरुले जताताको काम गर्दा पुरानो परम्परा तोड्दै सम्पूर्ण बृद्ध, असक्त, बिरामी, गरिब साथसाथै  बिबसताले बिदेसियाका सम्पुर्ण नेपाली को भाबना अनुरुपको काम गर्नु हुनेछ तब मात्र ति साउदी -कतार मरुभूमि मा फुल फुलाउने नेपाली हुन् वा बेलायत -अमेरिका सेबा गरि  बस्ने नेपाली आफ्नै देसमा फुल फुलाउन अनि ति बुढा असक्त आमा-बाबु को सेवा गर्न फर्की आउने छन् ! बल्ल सम्पूर्ण नेपाली को मिलन हुनेछ नेपाल सधै सधै प्रगति पथ मा लम्किरहनेछ अनि चन्द्र सुर्य अंकित झन्डा चम्किरहनेछ !
जय नेपाल 

June 4, 2017

धन्य खम्रेड खड्क प्रसाद !

अब रास्त्रबादी हुने पालो तपाइको आयछ ! हाम्रो देसमा यो पालै पालो रास्त्रबादी हुने प्रथा कैले अन्त्य होला ! बरु सबै नेता एकै पल्ट भयिदिय हुन्थ्यो नि यो केजाती बादी कमसेकम हामीलाई यो ग्यांग परिबर्तन गर्ने सास्ती त हुने थियन, कैले को जिन्दाबाद कैले को जिन्दाबाद !  एकताका राजा पनि भय खुबै रास्त्रबादी तर यिनको रास्त्रबादी कार्यकाल धेरै टिकेन ! बनमा बस्दा प्रचण्ड र बाबुराम पनि असाध्यै रास्त्रबादी थिय नि केगर्ने  काठमाडौको चौको को आयपछी कुन्नि के भय खै यिनलाई ? २०६२ / २०६३ मा जुलुस निकाल्दा खड्क प्रसाद खम्रेड रास्त्रबादी हुने तयारी मा हुनुन्थ्यो होला रत्नपार्क तिर दर्सन गर्न पायनौ ! पछि प्रचण्ड, चित्रबहादुर , बिजुक्छे , मैनालीहरुको जम्बो टोलीको  मन्त्रि मण्डल पछि चै यिनी एक नम्बरमा परे  है ! चित्रबहादुर  र बिजुक्छे ले भारत बिरोद गर्न राम्रै सिकाय जस्तो छ यिनलाई तर आफु चै बत्तिमुनी को आधयरो जस्तै के गर्ने पत्रकार ले  यिनका कुरा छाप्दैनन !  ढाकेको बिरालो जस्तो एक दिन मायु गर्छन कि भन्ने डर छ !
आसा गरौ कमरेड खड्क प्रसाद ओली को रास्त्रबादी कार्यकाल अलि लामै होस्  सुभकामना !
कृपया दुख नमान्नु होला है येदि मानहानी भयो भने  ! मनको कुरो :)

May 20, 2017

येस्पली चुनाउ हो कि क्रिकेट पत्तै पायिअन गाठे !

येस्पली चुनाउ हो कि क्रिकेट पत्तै पायिअन गाठे ! 
यो घाम ले सेन्चुरि हान्यो रे अनि बुटो ले पछाईरहेर्को छ रे ! कैले कसले नया रेकोर्ड राख्यो रे ऊत्ता रुकुम मा घाम-बुटो पार्टी अल आयुट भयो रे ! हैन के हुन लाग्या हो नेपालाआ वर्ष भरि बुटो काट्ने भनेर सिकाउने आसि पार्टीले चुनाउमा चाई भोट हिर्काए बुतामा हाहा ! गोठको बछ्हो पनि भाग्यमानि हो गाठे खुबै ताप्यो है यो जेठ आसर को घाम ! बिचार हामी दर्सकहरुको निद्रा खराब काम बर्बाद ! यिनले येस्ता सेन्चुरि त २०६४ , २०७० मा पनि हानेकै हुन् ..येस्ता नाथे सेन्चुरिले केइ ल्छार्लन जस्तो लाग्दैन हो मलाई त अनि तपाईलाई के लाग्छ तनी ? यो के जति आयोग हो यिनका रन फटाफट गंदीय हुन्ठेयो कमसेकम हामी केजाती कर्ण जसरि घुरेर सुत्न त पाइन्थ्यो कमसेकम अर्को जात्रा सम्म !
मनपरे लायीक थोकम है के फेसबुका :D
जय गाइ - घाम जात्रा
जय बुटो जात्रा
जय नेपाल

May 16, 2017

अर्को गल्ति नगरौ !


विभिन्न शंका उपशंका हुदाहुदै अन्तः पहिलो चरणको चुनाब शान्तिपूर्ण रुपमै सम्पन्न भयकोमा हामी सबै लै बधाई छ ! जसरि हिजो चुनाब प्रचार गर्दा होस् वा भोट हाल्दा आफु अनि आफ्नो परिचय बिर्सियाका थियौ आहिले फेरी प्रारम्भिक नतिजा आउन नपाउदै गर्दा हामीले मनाउन लागेको विजययात्रा अलि आवेग, हचुवा अनि केटाकेटिपन होकी ? फेसबुक मार्फत घोचपेच , गाली गलुअज अनि तल्लो स्तरको सतही अनुमान गरिहहेका छौ ! कतै सोसियल मेडिया ( फेसबुक) मा राखेका कुराहरु हतार अनि हतास मानसिकताका उपज अनि समयको बर्बादी त हैन ! हामी लाग्छ हामी सबैजना मेयर , अध्यक्ष भयौ अथवा हार्न लगियो लौ खत्तम भो बर्बाद भो ! तर बास्तबिकता घरमा भैसीले राम्रोसंग घास खान नपायको कतिदिन भयो ? बिदेसमा बस्ने साथीहरु को काम अनि सहरिया हामी नेपाली कतै सूचना भनौ वा नतिजा हेर्दाहेर्दै आफ्नो समय बर्बाद गरेका छौ कि ? हाम्रा समस्या जहाँको तेही छन् र भोलि पनि तेही हुनेछन यो नलागोस कि यो चुनाब जादुको छाडी जस्तो आफ्नो पार्टीले जित्यो भने सब समाधान हुन्छन भनेर ! तेसैले नत अतन्तै खुसिने बुर्केसी मार्नु नत सारै पछुतो मान्ने बेला हो !
हामी सबैलाई यो हेक्का हुनु जरुरि छकि तपाई हाम्रा भोट बाकसमा परिसके अनि कसले जित्ने कसले हार्ने भन्ने छिनोफानो भईसकेको मात्र घोसना हुन बाँकि छ !
तेसैले अब धेरै नकुर्लौ , आफुले आफैलाई समालौ बल्ल हामी सभ्य समाजका नागरिक हुन्छौ ! चुनाब आफैमा यौटा प्रजान्त्रिक प्रक्रिया हो येस्मा मा कसै को जित अनि हर हुन्छ हुन्छ ! जति गर्नुथियो चुनाबमा धेरै भागदौड भयो होला अब स्वस्थ को खयाल गरौ बिना कारण अनिदो नबसौ मिनेट मिनेट को परिणाम मा नभुलौ ! येत्रो १९ वर्ष कुरेको हामी नेपाली ले २, ४ दिन आज लाग्न सक्छ येस्मा हतार मान्नु पर्ने कुरै छैन ! हाम्रा प्रतिनिधि अहोरात्र खटिनु भाको छ हामीले दियको भोट गन्न को लागि तेसैले ऊहाहरुलाई राम्रो संग काम गर्न दिई हामीसबै आफ्नो काम मा फेर्किदा हामी सबैको भलो होला !
अन्तमा जसले जिते पनि हाम्रै प्रतिनिधी हुन् ! हाम्रा हुदै गरेका मेयर , अध्यक्ष जिउहरु आज हामीले तपाईहरुलाई जितायौ अब समाज परिबर्तन गरेर हामीलाई जिताउने बेला आउदै छ ! खबरदार फेरीपनि आफ्नो परिवार अनि आफ्नै स्वार्थमा लाग्नुभयो भने पहिला पहिला जस्तो हामीले माफी दिने छैनौ ! तिमीहरुलाई तिनै गाऊपालिका वा नगरपालिका को दलिन मा फासी दिने छौ !
प्रजातान्त्रिक पद्धतीको सम्मान गरौ सभ्य नागरिक हो परिचय दिउ !

May 12, 2017

परयास गरौ अन्तमा जित हाम्रै हुनेछ !

लगभग दुई दसक पछि नेपालमा स्थानिय तहको चुनाव पर्सि हुन गै रहेको छ र यो अतन्त स्वागतयोग्यकुरा भन्नेमा आमजनतामा दुईमत देखिदैन ! तर फेरी पनि आहिलेसम्म को अनुमानमा चुनाबी परिणाम पुरानै किसिमको आउने देखिदैन ! फरक येति छकि पुरानो बुटो पार्टी हसिया लियर आयको छ भने घाम पार्टी बाच्छो बोकेर आयको छ ! आसा गरौ तेइ हसिया ले बुटो को अबसान नगरोस र त्यो बाच्छो ले घाम लाई लात्ती नहानोस ! अर्को कुरा येस्पली पनि नीति तथा कार्यक्रम जनताको बिचमा लैजाने भन्न्दापनि जसरि हुञ्छ चुनाब जित्ने कुरा मा मुख्य जोड देखिञ्छ नेपालका हात्ती पार्टी हरुको ! प्राय जसो केन्द्रिय नेता हरु बिपक्छीलाई गालीगलौज गरेर भोट तान्ने रणनीति मै देखिनछन ! ऊता हामी जनता सर्कस मा डमरु को भरमामा नाच्ने भालु जसरि नेता को भजनमा नाङ्गो नाचमा रमाइलो गरिरको छौ, हामी हामीले आफुलाई चिन्ने प्रयास गरेनौ, हाम्रो पदिय मर्यादा अनि योग्यता को खयाल गरेनौ, यो समाजमा भोलि पनि चल्नु पर्छ भन्ने कुरा आहिले बिर्सियाका छौ ! नत हाम्रो भोटको महत्यो वा तागत को अनुमान छ हामीहरुलाई ! अत: अबपनि हामी सधै नेतालाई सक्तिसाली ठान्यौ तर हामी जनता सक्तिसाली छौ भन्ने महसुस गरेनौ तेसैले मनन गरेनौ भने हामी आफू आफ्नो खाडल मा आफै पर्ने छौ ! आहिलेपनि नेताहरु कार्यकर्तालाई उक्साउने, मार्ने अनि तेसैमा खेल खेलेर आफ्नो साख (मुकुट) जोगाउने खेल खेली रहेका छन् ! हामी फेरी पनि यी बुटो, घाम, हसिया अनि बाच्छो पार्टी ले दियको दुख बिर्सियर तिनीहरुकै रक्सि, मासु अनि रातारात बाड्ने खाममा रमयाका छौ तर यो हेक्का भयन कि यी सबै वैशाक ३१ गते सम्मलाई हो तेस पछि कोइ आउनेवाला छैन रक्सि को बोत्तले बोकेर, कसैले दिने छैन मासु त भात ! तेसैले आफ्नो भोटलाई आफ्नै बिकेकले दिनु पर्छ ! रक्सि मासु भन्दा भोटको मूल्य बुज्नु जरुरि छ ! राम्रो विचार अनि बितेका दिनहरु लाई मुल्ल्यांकन गर्ने आजै हो , सकेसम्म राम्रो स्थानीय मान्छे हेर्नुस ! काठमाडौँ पोखरा बाटआयका अनि ठुलो रकम बोकेका मान्छे पवैशाख ३१ गतेपछि ऊतै फर्कनेछन् कि ? विचार गर्ने बेला हो यो ! तेसैले चुनाब सिमित नेताको जागिर को लागि नभयर आम्रो समाज लाई गतिदिने नेता चुनौ अनि आफ्नो स्वबिवेक प्रयोग गरेर त्यस्ता गलत राजनैतिक दलहरु र प्रवृतिलाइ निरुत्साहित गरौ बल्ल जसले जिते पनि हामीले जित्छौ !
" सबै मदेसी जनतालाई भारतीय देख्नी आखा परिबर्तन होस् - राष्ट्रियत को वकालत गर्ने चित्रबहादुर केसी ऊखानेनेता हैन रास्त्रबादी जनताको नेता हुनभंने चेतना आयोस- जातीय मुद्दालाई साम्प्रदायक देखने आखा बन्द होस् !"
यो चुनाब चुनाब खाली नेपालको ३ दलिय संबिधान २०१६ को कर्यनयन मात्रै नभयर हाम्रो समाजको आर्थिक सामाजिक रुपान्तरणमा बल पुग्ने होस् ! परयास गरौ अन्तमा जित हाम्रै हुनेछ ! हाम्रो हसिया हथौडा को रातो झन्डा दलालको हातबाट साचिकै सर्बहारा किसान मजदुर को हातमा आयोस , त्यो चारतारे झन्डा सोसक सामन्त को हैन साचिकै प्रजातान्त्रिक जनताको हातमा जायोस ! अनि सबैकोमाथि हाम्रो प्राण भन्दा प्यारो चन्द्र सुर्य अंकित झन्डा सधै सगरमाथा जसरि ऊच रहिरहोस येहीछ सुभकामना ! 
जय जय जय नेपाल 😀😀
स्थान: परदेस (स्कटल्याण्ड)
सन्धर्ब: नेपालको स्थानीय चुनाब
बेला: खाजा चिया ब्रेक समय
मन परे लाएक, कमेन्ट , नपरे dislike लेख्नु होला, अनि साचै मनपरे सेर गर्नु 😄
धन्यवाद !