May 12, 2017

परयास गरौ अन्तमा जित हाम्रै हुनेछ !

लगभग दुई दसक पछि नेपालमा स्थानिय तहको चुनाव पर्सि हुन गै रहेको छ र यो अतन्त स्वागतयोग्यकुरा भन्नेमा आमजनतामा दुईमत देखिदैन ! तर फेरी पनि आहिलेसम्म को अनुमानमा चुनाबी परिणाम पुरानै किसिमको आउने देखिदैन ! फरक येति छकि पुरानो बुटो पार्टी हसिया लियर आयको छ भने घाम पार्टी बाच्छो बोकेर आयको छ ! आसा गरौ तेइ हसिया ले बुटो को अबसान नगरोस र त्यो बाच्छो ले घाम लाई लात्ती नहानोस ! अर्को कुरा येस्पली पनि नीति तथा कार्यक्रम जनताको बिचमा लैजाने भन्न्दापनि जसरि हुञ्छ चुनाब जित्ने कुरा मा मुख्य जोड देखिञ्छ नेपालका हात्ती पार्टी हरुको ! प्राय जसो केन्द्रिय नेता हरु बिपक्छीलाई गालीगलौज गरेर भोट तान्ने रणनीति मै देखिनछन ! ऊता हामी जनता सर्कस मा डमरु को भरमामा नाच्ने भालु जसरि नेता को भजनमा नाङ्गो नाचमा रमाइलो गरिरको छौ, हामी हामीले आफुलाई चिन्ने प्रयास गरेनौ, हाम्रो पदिय मर्यादा अनि योग्यता को खयाल गरेनौ, यो समाजमा भोलि पनि चल्नु पर्छ भन्ने कुरा आहिले बिर्सियाका छौ ! नत हाम्रो भोटको महत्यो वा तागत को अनुमान छ हामीहरुलाई ! अत: अबपनि हामी सधै नेतालाई सक्तिसाली ठान्यौ तर हामी जनता सक्तिसाली छौ भन्ने महसुस गरेनौ तेसैले मनन गरेनौ भने हामी आफू आफ्नो खाडल मा आफै पर्ने छौ ! आहिलेपनि नेताहरु कार्यकर्तालाई उक्साउने, मार्ने अनि तेसैमा खेल खेलेर आफ्नो साख (मुकुट) जोगाउने खेल खेली रहेका छन् ! हामी फेरी पनि यी बुटो, घाम, हसिया अनि बाच्छो पार्टी ले दियको दुख बिर्सियर तिनीहरुकै रक्सि, मासु अनि रातारात बाड्ने खाममा रमयाका छौ तर यो हेक्का भयन कि यी सबै वैशाक ३१ गते सम्मलाई हो तेस पछि कोइ आउनेवाला छैन रक्सि को बोत्तले बोकेर, कसैले दिने छैन मासु त भात ! तेसैले आफ्नो भोटलाई आफ्नै बिकेकले दिनु पर्छ ! रक्सि मासु भन्दा भोटको मूल्य बुज्नु जरुरि छ ! राम्रो विचार अनि बितेका दिनहरु लाई मुल्ल्यांकन गर्ने आजै हो , सकेसम्म राम्रो स्थानीय मान्छे हेर्नुस ! काठमाडौँ पोखरा बाटआयका अनि ठुलो रकम बोकेका मान्छे पवैशाख ३१ गतेपछि ऊतै फर्कनेछन् कि ? विचार गर्ने बेला हो यो ! तेसैले चुनाब सिमित नेताको जागिर को लागि नभयर आम्रो समाज लाई गतिदिने नेता चुनौ अनि आफ्नो स्वबिवेक प्रयोग गरेर त्यस्ता गलत राजनैतिक दलहरु र प्रवृतिलाइ निरुत्साहित गरौ बल्ल जसले जिते पनि हामीले जित्छौ !
" सबै मदेसी जनतालाई भारतीय देख्नी आखा परिबर्तन होस् - राष्ट्रियत को वकालत गर्ने चित्रबहादुर केसी ऊखानेनेता हैन रास्त्रबादी जनताको नेता हुनभंने चेतना आयोस- जातीय मुद्दालाई साम्प्रदायक देखने आखा बन्द होस् !"
यो चुनाब चुनाब खाली नेपालको ३ दलिय संबिधान २०१६ को कर्यनयन मात्रै नभयर हाम्रो समाजको आर्थिक सामाजिक रुपान्तरणमा बल पुग्ने होस् ! परयास गरौ अन्तमा जित हाम्रै हुनेछ ! हाम्रो हसिया हथौडा को रातो झन्डा दलालको हातबाट साचिकै सर्बहारा किसान मजदुर को हातमा आयोस , त्यो चारतारे झन्डा सोसक सामन्त को हैन साचिकै प्रजातान्त्रिक जनताको हातमा जायोस ! अनि सबैकोमाथि हाम्रो प्राण भन्दा प्यारो चन्द्र सुर्य अंकित झन्डा सधै सगरमाथा जसरि ऊच रहिरहोस येहीछ सुभकामना ! 
जय जय जय नेपाल 😀😀
स्थान: परदेस (स्कटल्याण्ड)
सन्धर्ब: नेपालको स्थानीय चुनाब
बेला: खाजा चिया ब्रेक समय
मन परे लाएक, कमेन्ट , नपरे dislike लेख्नु होला, अनि साचै मनपरे सेर गर्नु 😄
धन्यवाद !

No comments: