May 16, 2017

अर्को गल्ति नगरौ !


विभिन्न शंका उपशंका हुदाहुदै अन्तः पहिलो चरणको चुनाब शान्तिपूर्ण रुपमै सम्पन्न भयकोमा हामी सबै लै बधाई छ ! जसरि हिजो चुनाब प्रचार गर्दा होस् वा भोट हाल्दा आफु अनि आफ्नो परिचय बिर्सियाका थियौ आहिले फेरी प्रारम्भिक नतिजा आउन नपाउदै गर्दा हामीले मनाउन लागेको विजययात्रा अलि आवेग, हचुवा अनि केटाकेटिपन होकी ? फेसबुक मार्फत घोचपेच , गाली गलुअज अनि तल्लो स्तरको सतही अनुमान गरिहहेका छौ ! कतै सोसियल मेडिया ( फेसबुक) मा राखेका कुराहरु हतार अनि हतास मानसिकताका उपज अनि समयको बर्बादी त हैन ! हामी लाग्छ हामी सबैजना मेयर , अध्यक्ष भयौ अथवा हार्न लगियो लौ खत्तम भो बर्बाद भो ! तर बास्तबिकता घरमा भैसीले राम्रोसंग घास खान नपायको कतिदिन भयो ? बिदेसमा बस्ने साथीहरु को काम अनि सहरिया हामी नेपाली कतै सूचना भनौ वा नतिजा हेर्दाहेर्दै आफ्नो समय बर्बाद गरेका छौ कि ? हाम्रा समस्या जहाँको तेही छन् र भोलि पनि तेही हुनेछन यो नलागोस कि यो चुनाब जादुको छाडी जस्तो आफ्नो पार्टीले जित्यो भने सब समाधान हुन्छन भनेर ! तेसैले नत अतन्तै खुसिने बुर्केसी मार्नु नत सारै पछुतो मान्ने बेला हो !
हामी सबैलाई यो हेक्का हुनु जरुरि छकि तपाई हाम्रा भोट बाकसमा परिसके अनि कसले जित्ने कसले हार्ने भन्ने छिनोफानो भईसकेको मात्र घोसना हुन बाँकि छ !
तेसैले अब धेरै नकुर्लौ , आफुले आफैलाई समालौ बल्ल हामी सभ्य समाजका नागरिक हुन्छौ ! चुनाब आफैमा यौटा प्रजान्त्रिक प्रक्रिया हो येस्मा मा कसै को जित अनि हर हुन्छ हुन्छ ! जति गर्नुथियो चुनाबमा धेरै भागदौड भयो होला अब स्वस्थ को खयाल गरौ बिना कारण अनिदो नबसौ मिनेट मिनेट को परिणाम मा नभुलौ ! येत्रो १९ वर्ष कुरेको हामी नेपाली ले २, ४ दिन आज लाग्न सक्छ येस्मा हतार मान्नु पर्ने कुरै छैन ! हाम्रा प्रतिनिधि अहोरात्र खटिनु भाको छ हामीले दियको भोट गन्न को लागि तेसैले ऊहाहरुलाई राम्रो संग काम गर्न दिई हामीसबै आफ्नो काम मा फेर्किदा हामी सबैको भलो होला !
अन्तमा जसले जिते पनि हाम्रै प्रतिनिधी हुन् ! हाम्रा हुदै गरेका मेयर , अध्यक्ष जिउहरु आज हामीले तपाईहरुलाई जितायौ अब समाज परिबर्तन गरेर हामीलाई जिताउने बेला आउदै छ ! खबरदार फेरीपनि आफ्नो परिवार अनि आफ्नै स्वार्थमा लाग्नुभयो भने पहिला पहिला जस्तो हामीले माफी दिने छैनौ ! तिमीहरुलाई तिनै गाऊपालिका वा नगरपालिका को दलिन मा फासी दिने छौ !
प्रजातान्त्रिक पद्धतीको सम्मान गरौ सभ्य नागरिक हो परिचय दिउ !

No comments: