May 20, 2017

येस्पली चुनाउ हो कि क्रिकेट पत्तै पायिअन गाठे !

येस्पली चुनाउ हो कि क्रिकेट पत्तै पायिअन गाठे ! 
यो घाम ले सेन्चुरि हान्यो रे अनि बुटो ले पछाईरहेर्को छ रे ! कैले कसले नया रेकोर्ड राख्यो रे ऊत्ता रुकुम मा घाम-बुटो पार्टी अल आयुट भयो रे ! हैन के हुन लाग्या हो नेपालाआ वर्ष भरि बुटो काट्ने भनेर सिकाउने आसि पार्टीले चुनाउमा चाई भोट हिर्काए बुतामा हाहा ! गोठको बछ्हो पनि भाग्यमानि हो गाठे खुबै ताप्यो है यो जेठ आसर को घाम ! बिचार हामी दर्सकहरुको निद्रा खराब काम बर्बाद ! यिनले येस्ता सेन्चुरि त २०६४ , २०७० मा पनि हानेकै हुन् ..येस्ता नाथे सेन्चुरिले केइ ल्छार्लन जस्तो लाग्दैन हो मलाई त अनि तपाईलाई के लाग्छ तनी ? यो के जति आयोग हो यिनका रन फटाफट गंदीय हुन्ठेयो कमसेकम हामी केजाती कर्ण जसरि घुरेर सुत्न त पाइन्थ्यो कमसेकम अर्को जात्रा सम्म !
मनपरे लायीक थोकम है के फेसबुका :D
जय गाइ - घाम जात्रा
जय बुटो जात्रा
जय नेपाल

May 16, 2017

अर्को गल्ति नगरौ !


विभिन्न शंका उपशंका हुदाहुदै अन्तः पहिलो चरणको चुनाब शान्तिपूर्ण रुपमै सम्पन्न भयकोमा हामी सबै लै बधाई छ ! जसरि हिजो चुनाब प्रचार गर्दा होस् वा भोट हाल्दा आफु अनि आफ्नो परिचय बिर्सियाका थियौ आहिले फेरी प्रारम्भिक नतिजा आउन नपाउदै गर्दा हामीले मनाउन लागेको विजययात्रा अलि आवेग, हचुवा अनि केटाकेटिपन होकी ? फेसबुक मार्फत घोचपेच , गाली गलुअज अनि तल्लो स्तरको सतही अनुमान गरिहहेका छौ ! कतै सोसियल मेडिया ( फेसबुक) मा राखेका कुराहरु हतार अनि हतास मानसिकताका उपज अनि समयको बर्बादी त हैन ! हामी लाग्छ हामी सबैजना मेयर , अध्यक्ष भयौ अथवा हार्न लगियो लौ खत्तम भो बर्बाद भो ! तर बास्तबिकता घरमा भैसीले राम्रोसंग घास खान नपायको कतिदिन भयो ? बिदेसमा बस्ने साथीहरु को काम अनि सहरिया हामी नेपाली कतै सूचना भनौ वा नतिजा हेर्दाहेर्दै आफ्नो समय बर्बाद गरेका छौ कि ? हाम्रा समस्या जहाँको तेही छन् र भोलि पनि तेही हुनेछन यो नलागोस कि यो चुनाब जादुको छाडी जस्तो आफ्नो पार्टीले जित्यो भने सब समाधान हुन्छन भनेर ! तेसैले नत अतन्तै खुसिने बुर्केसी मार्नु नत सारै पछुतो मान्ने बेला हो !
हामी सबैलाई यो हेक्का हुनु जरुरि छकि तपाई हाम्रा भोट बाकसमा परिसके अनि कसले जित्ने कसले हार्ने भन्ने छिनोफानो भईसकेको मात्र घोसना हुन बाँकि छ !
तेसैले अब धेरै नकुर्लौ , आफुले आफैलाई समालौ बल्ल हामी सभ्य समाजका नागरिक हुन्छौ ! चुनाब आफैमा यौटा प्रजान्त्रिक प्रक्रिया हो येस्मा मा कसै को जित अनि हर हुन्छ हुन्छ ! जति गर्नुथियो चुनाबमा धेरै भागदौड भयो होला अब स्वस्थ को खयाल गरौ बिना कारण अनिदो नबसौ मिनेट मिनेट को परिणाम मा नभुलौ ! येत्रो १९ वर्ष कुरेको हामी नेपाली ले २, ४ दिन आज लाग्न सक्छ येस्मा हतार मान्नु पर्ने कुरै छैन ! हाम्रा प्रतिनिधि अहोरात्र खटिनु भाको छ हामीले दियको भोट गन्न को लागि तेसैले ऊहाहरुलाई राम्रो संग काम गर्न दिई हामीसबै आफ्नो काम मा फेर्किदा हामी सबैको भलो होला !
अन्तमा जसले जिते पनि हाम्रै प्रतिनिधी हुन् ! हाम्रा हुदै गरेका मेयर , अध्यक्ष जिउहरु आज हामीले तपाईहरुलाई जितायौ अब समाज परिबर्तन गरेर हामीलाई जिताउने बेला आउदै छ ! खबरदार फेरीपनि आफ्नो परिवार अनि आफ्नै स्वार्थमा लाग्नुभयो भने पहिला पहिला जस्तो हामीले माफी दिने छैनौ ! तिमीहरुलाई तिनै गाऊपालिका वा नगरपालिका को दलिन मा फासी दिने छौ !
प्रजातान्त्रिक पद्धतीको सम्मान गरौ सभ्य नागरिक हो परिचय दिउ !

May 12, 2017

परयास गरौ अन्तमा जित हाम्रै हुनेछ !

लगभग दुई दसक पछि नेपालमा स्थानिय तहको चुनाव पर्सि हुन गै रहेको छ र यो अतन्त स्वागतयोग्यकुरा भन्नेमा आमजनतामा दुईमत देखिदैन ! तर फेरी पनि आहिलेसम्म को अनुमानमा चुनाबी परिणाम पुरानै किसिमको आउने देखिदैन ! फरक येति छकि पुरानो बुटो पार्टी हसिया लियर आयको छ भने घाम पार्टी बाच्छो बोकेर आयको छ ! आसा गरौ तेइ हसिया ले बुटो को अबसान नगरोस र त्यो बाच्छो ले घाम लाई लात्ती नहानोस ! अर्को कुरा येस्पली पनि नीति तथा कार्यक्रम जनताको बिचमा लैजाने भन्न्दापनि जसरि हुञ्छ चुनाब जित्ने कुरा मा मुख्य जोड देखिञ्छ नेपालका हात्ती पार्टी हरुको ! प्राय जसो केन्द्रिय नेता हरु बिपक्छीलाई गालीगलौज गरेर भोट तान्ने रणनीति मै देखिनछन ! ऊता हामी जनता सर्कस मा डमरु को भरमामा नाच्ने भालु जसरि नेता को भजनमा नाङ्गो नाचमा रमाइलो गरिरको छौ, हामी हामीले आफुलाई चिन्ने प्रयास गरेनौ, हाम्रो पदिय मर्यादा अनि योग्यता को खयाल गरेनौ, यो समाजमा भोलि पनि चल्नु पर्छ भन्ने कुरा आहिले बिर्सियाका छौ ! नत हाम्रो भोटको महत्यो वा तागत को अनुमान छ हामीहरुलाई ! अत: अबपनि हामी सधै नेतालाई सक्तिसाली ठान्यौ तर हामी जनता सक्तिसाली छौ भन्ने महसुस गरेनौ तेसैले मनन गरेनौ भने हामी आफू आफ्नो खाडल मा आफै पर्ने छौ ! आहिलेपनि नेताहरु कार्यकर्तालाई उक्साउने, मार्ने अनि तेसैमा खेल खेलेर आफ्नो साख (मुकुट) जोगाउने खेल खेली रहेका छन् ! हामी फेरी पनि यी बुटो, घाम, हसिया अनि बाच्छो पार्टी ले दियको दुख बिर्सियर तिनीहरुकै रक्सि, मासु अनि रातारात बाड्ने खाममा रमयाका छौ तर यो हेक्का भयन कि यी सबै वैशाक ३१ गते सम्मलाई हो तेस पछि कोइ आउनेवाला छैन रक्सि को बोत्तले बोकेर, कसैले दिने छैन मासु त भात ! तेसैले आफ्नो भोटलाई आफ्नै बिकेकले दिनु पर्छ ! रक्सि मासु भन्दा भोटको मूल्य बुज्नु जरुरि छ ! राम्रो विचार अनि बितेका दिनहरु लाई मुल्ल्यांकन गर्ने आजै हो , सकेसम्म राम्रो स्थानीय मान्छे हेर्नुस ! काठमाडौँ पोखरा बाटआयका अनि ठुलो रकम बोकेका मान्छे पवैशाख ३१ गतेपछि ऊतै फर्कनेछन् कि ? विचार गर्ने बेला हो यो ! तेसैले चुनाब सिमित नेताको जागिर को लागि नभयर आम्रो समाज लाई गतिदिने नेता चुनौ अनि आफ्नो स्वबिवेक प्रयोग गरेर त्यस्ता गलत राजनैतिक दलहरु र प्रवृतिलाइ निरुत्साहित गरौ बल्ल जसले जिते पनि हामीले जित्छौ !
" सबै मदेसी जनतालाई भारतीय देख्नी आखा परिबर्तन होस् - राष्ट्रियत को वकालत गर्ने चित्रबहादुर केसी ऊखानेनेता हैन रास्त्रबादी जनताको नेता हुनभंने चेतना आयोस- जातीय मुद्दालाई साम्प्रदायक देखने आखा बन्द होस् !"
यो चुनाब चुनाब खाली नेपालको ३ दलिय संबिधान २०१६ को कर्यनयन मात्रै नभयर हाम्रो समाजको आर्थिक सामाजिक रुपान्तरणमा बल पुग्ने होस् ! परयास गरौ अन्तमा जित हाम्रै हुनेछ ! हाम्रो हसिया हथौडा को रातो झन्डा दलालको हातबाट साचिकै सर्बहारा किसान मजदुर को हातमा आयोस , त्यो चारतारे झन्डा सोसक सामन्त को हैन साचिकै प्रजातान्त्रिक जनताको हातमा जायोस ! अनि सबैकोमाथि हाम्रो प्राण भन्दा प्यारो चन्द्र सुर्य अंकित झन्डा सधै सगरमाथा जसरि ऊच रहिरहोस येहीछ सुभकामना ! 
जय जय जय नेपाल 😀😀
स्थान: परदेस (स्कटल्याण्ड)
सन्धर्ब: नेपालको स्थानीय चुनाब
बेला: खाजा चिया ब्रेक समय
मन परे लाएक, कमेन्ट , नपरे dislike लेख्नु होला, अनि साचै मनपरे सेर गर्नु 😄
धन्यवाद !