June 28, 2017

छेकेन बाधा ले चाहनालाई !

फोटो : कान्तिपुर दैनिक 

विभिन्न शंका उपशंका हुदाहुदै अन्तः दोस्रो  चरणको चुनाब पनि शान्तिपूर्ण रुपमै सम्पन्न भयकोमा हामी सम्पूर्ण नेपालीलाई बधाई छ !
खड्क कमरेडले भनेको मुसलधारे पानीको हाउगुजी  होस् या विप्लब दाईको बन्दुक वा महन्त काकाको बहिस्कार को बाबजुत  जनताको इच्छा सबैभन्दा बलबान देखियो !  मतदान गर्ने चाहनालाई नत उमेरले छेक्यो नत शारीरिक असक्तताले रोक्यो वा बाढीले नै !  लाठी टेकेर, घस्रिएर, पिठ्युमा बोकिएर, बाढी तरेरै भएपनि मतदान केन्द्र पुगे आम नेपालीजनहरु  जो हाम्रो पहिचान पनि हो ! बर्सौ वर्ष सम्म भागबन्डा गरेर घुसखोर कर्मचारीलाई स्थानीय सरकार सुम्पेका दलहरु पनि अन्ततः जनताको चाहनालाई पुरा गर्न बाध्य भय तेसैले जुन पार्टीको खोल ओडेर जिते पनि आखिरमा आम नेपालीले नै जितेका छौ अब ति भागबन्डाका कर्मचारीको सासन खेप्न पर्ने छैन !
फोटो : कान्तिपुर दैनिक 
तेसैले अब जित्नेले दम्भ ले बुर्कुसी मार्दै हिड्ने हार्नेले प्रतीसोद को भाबना हैन मिलेर आफ्नो गाउँ - सहर निर्माण मा जुटौ ! रोजी रोटि अनि गरिबीले बिदेसियका सम्पूर्ण नेपाली दाजुभाई दिदि बैहिनीहरु हरुलाई आफ्नो देस फर्किन आह्वान गरौ नकि के जति पूर्व-मन्त्रि ले जसरि तुच्छा सब्दमा  बिदेसियका नेपालीको आपमन नगरौ ! आफु बिदेसियर भय पनि आफ्नो परिवारको शिक्षा अनि  पालन पोषण मा जिम्मेवार भयका छन भन्ने नबिर्सौ ! बृद्ध, असक्त , बिरामी बुवाआमा, कलिला छोरा छोरी हुन् या बिहे गर्दै गरेका जोडी  संग छुटिने मन कसैको हुदैन ! १६ - १७ बर्से जवानीमा बिदेसी सेना मा भर्ति भयका हुन् या स्कुलको पढाई छोडेर भारतका गल्लि गल्लि मा कम गर्ने मजदुर अथवा आध्यन को लागि बेलायत अमेरिका गयर पलायन भयका नेपाली हुन् सम्पूर्ण नेपाली फरक फरक बाध्यता ले बहिरियाका हुन् भन्ने भावना नेपालमा बस्ने नेपालीको मनमा आउन जरुरि छ !


फोटो : कान्तिपुर दैनिक 
आसा छ गणतान्त्रिक नेपालका आदरणीय निर्बाचित जनप्रतिनिदिजिउ हरुले जताताको काम गर्दा पुरानो परम्परा तोड्दै सम्पूर्ण बृद्ध, असक्त, बिरामी, गरिब साथसाथै  बिबसताले बिदेसियाका सम्पुर्ण नेपाली को भाबना अनुरुपको काम गर्नु हुनेछ तब मात्र ति साउदी -कतार मरुभूमि मा फुल फुलाउने नेपाली हुन् वा बेलायत -अमेरिका सेबा गरि  बस्ने नेपाली आफ्नै देसमा फुल फुलाउन अनि ति बुढा असक्त आमा-बाबु को सेवा गर्न फर्की आउने छन् ! बल्ल सम्पूर्ण नेपाली को मिलन हुनेछ नेपाल सधै सधै प्रगति पथ मा लम्किरहनेछ अनि चन्द्र सुर्य अंकित झन्डा चम्किरहनेछ !
जय नेपाल 

No comments: